सुवास नेम्वाङ मेरो सुखदुःखको साथी हुनुहुन्थ्यो -ओली

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९६३ दिन अगाडि
सुवास नेम्वाङ मेरो सुखदुःखको साथी हुनुहुन्थ्यो -ओली

 काठमाडाै‌ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ आफ्नो सुखदुःखको साथी भएको बताएका छन् ।

 सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १:३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकाे  थियाे । नेम्वाङकाे उपचारको क्रममा अस्पतालमै निधन भएको हाे ।

नेम्वाङको निधन पश्चात शोक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले भनेका छन्, 'मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो।  लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्‍याउनु भएको योगदान सधैं सम्झिरहने छौ। मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। श्रद्धाञ्जली सुवासजी !'