बीपी साहित्य महोत्सवकाे आजको कार्यक्रम स्थगित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९६३ दिन अगाडि
बीपी साहित्य महोत्सवकाे आजको कार्यक्रम स्थगित

काठमाडौं -नेपाली कांग्रेसले आयोजना गरिरहेको बीपी साहित्य महोत्सव अन्तर्गत आजको कार्यक्रम स्थगित गरेको छ ।

नेकप एमालेका नेता सुवासचन्द्र नेम्वाङको निधनका कारण कार्यक्रम स्थगित गरिएको कार्यक्रम संयोजक तथा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । आज रोकिएको कार्यक्रम कहिले गर्ने भनेर पछि मिति तोकिने उनले बताए । तीनदिने साहित्य महोत्सव सांगीतिक साँझसहित आज समापन गर्ने कार्यतालिका थियो ।