सकारात्मक प्रतिक्रिया बटुल्दै हल-हलमा चलचित्र ‘एक भागवत र एक गीता’

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९५९ दिन अगाडि
सकारात्मक प्रतिक्रिया बटुल्दै हल-हलमा  चलचित्र ‘एक भागवत र एक गीता’

काठमाडाैं- फिल्म ‘एक भागवत र एक गीता’ले विशेष शोमा सकारात्मक प्रतिक्रिया पाएको छ । शुक्रबार साँझ कमलपोखरी स्थित बिग मुभिजमा आयोजित विशेष शोमा  उपस्थित फिल्मकर्मी, पत्रकार र राजनीतिक व्यक्तित्वहरूले फिल्मका बारेमा सकारात्मक प्रतिक्रिय दिएका हुन् । 

फिल्म हेर्ने अधिकांशले फिल्मको विषयवस्तु र अभिनेता विपिन कार्कीको भूमिकाको प्रशंसा गरे । निर्माता तथा निर्देशक आकाश अधिकारी, कलाकार किरण केसी फिल्मको विषय बस्तु नौलो रहेको भन्दै निर्माणमा निर्माताले देखाएको आँटको तारिफ गरे । झरना थापाको निर्देशनमा तयार भएको फिल्मले तेस्रो लिङ्गीको कथा भन्छ । विपिन कार्की, सुहाना थापा, धिरज मगर, कबिर खड्काको मुख्य अभिनय फिल्ममा छ ।
विशेष शोमा फिल्म हेरेपछि अभिनेता धिरज मगरले फिल्मले दर्शकको मन छुनेमा आफू विश्वस्त रहेको बताए ।

निर्देशक झरना थापाले फिल्मको बक्स अफिस भन्दा पनि दर्शकले दिने प्रतिक्रिया आफ्ना लागि महत्त्वपूर्ण हुने बताइन् । उनले, यस पटक आफूले केही फरक कथा भन्न खोजेकाले प्रतिक्रिया पनि राम्रो आइरहेको सुनाए ।

फिल्म शुक्रबारबाट देशभर प्रदर्शनमा आएको हो ।