सशस्त्र प्रहरीका तीन एआइजीको सरुवा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९५८ दिन अगाडि
सशस्त्र प्रहरीका तीन एआइजीको सरुवा

 काठमाडाै‌ -सशस्त्र प्रहरी बलका तीन अतिरिक्त महानिरीक्षक (एआइजी)को जिम्मेवारी हेरफेर भएको छ।

सीमा सुरक्षा विभागमा कार्यरत वंशी दाहालको कार्य विभागमा सरुवा भएको छ। कार्य विभागमा कार्यरत चन्द्रप्रकाश गौतमको प्रशासन तथा प्रशासनमा कार्यरत नारायणदत्त पौडेलको सीमा सुरक्षा विभागमा सरुवा भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सरुवाको निर्णय गरेको हो।