घट्यो युरो र पाउण्डको भाउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९४४ दिन अगाडि
घट्यो युरो र पाउण्डको भाउ

काठमाडौं -नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

आज युरो र पाउण्डको भाउ घटेको छ ।  युरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५७ पैसामा झरेको छ । हिजो युरो एकको खरिद दर १४२ रुपैयाँ ३१  पैसा र बिक्री दर १४२ रुपैयाँ ९५ पैसामा कारोबार भएको थियो ।  त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ९६ पैसा र बिक्री दर १६४ रुपैयाँ ७१ पैसा रहेको छ  । यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।