अभिनेता गौरवले गरे प्रेमिका श्रेयानीसँग इन्गेजमेन्ट

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९५४ दिन अगाडि
अभिनेता गौरवले गरे प्रेमिका श्रेयानीसँग इन्गेजमेन्ट

 काठमाडाै -नेपाली चलचित्रका अभिनेता गौरव पहारी र उनकी प्रेमिका श्रेयानी खतिवडाले इन्गेजमेन्ट गरेका छन् । 

उनीहरूले बुधवार काठमाडौंको होटेल र्‍याडिसनमा परिवार र सीमित साथीहरूको उपस्थितिमा इन्गेजमेन्ट गरेका हुन् । गौरव नेपाली चलचित्रका चर्चित अभिनेता हुन् भने श्रेयानी फिटनेस प्रशिक्षक हुन् । उनीहरूको इन्गेजमेन्टमा सुनील थापा, विल्सन विक्रम राई लगायतका केही कलाकार उपस्थित थिए । गौरवका ‘होस्टेल’, ‘गाजलु’, ‘साइँली’लगायतका चलचित्र हिट छन् ।  उनले ‘मञ्जरी’बाट अभिनय यात्रा सुरु गरेका थिए ।