कार्यवाहक प्रधानमन्त्रीले थाले ४ मन्त्रीसँग आन्तरिक छलफल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९५३ दिन अगाडि
कार्यवाहक प्रधानमन्त्रीले थाले ४ मन्त्रीसँग आन्तरिक छलफल

काठमाडौं । आन्दोलनरत शिक्षकहरूसँग संवाद गर्नुअघि कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले विभिन्न मन्त्रीहरूसँग आन्तरीक छलफल थालेका छन् । 

मन्त्रीहरूको आन्तरिक छलफलपछि गृह मन्त्रालयमा शिक्षक प्रतिनिधिहरूसँग वार्ता हुनेछ । मन्त्रीहरूको आन्तरिक छलफलमा कार्यवाहक प्रधानमन्त्री खड्कासँगै रक्षा मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानूनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा रहेका छन् । यसअघि हिजो २ पटक वार्ता भए पनि कुनै निष्कर्ष निस्किन सकेको थिएन ।