प्रधान सेनापति शर्मा भारत प्रस्थान

  • News Bank Nepal
    -News Bank Nepal
  • ९५१ दिन अगाडि
प्रधान सेनापति शर्मा भारत प्रस्थान

काठमाडौं -  प्रधान सेनापति महारथी प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् । 

आइतबार प्रधान सेनापति शर्मा भोलिदेखि यही असोज १० गतेसम्म नयाँ दिल्लीमा आयोजना हुने १३ औं इन्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । उनलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाई गरेका थिए ।  भारत प्रस्थान गर्नुपूर्व आजै उनलाई जङ्गी अड्डामा सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो । भ्रमण कार्यक्रम सकेर प्रधान सेनापति शर्मा असोज ११ गते स्वदेश फर्किने छन् ।