महिला फुटबल र बास्केटबलमा नेपालले आज जापानसँग खेल्दै

  • News Bank Nepal
    -News Bank Nepal
  • ९५१ दिन अगाडि
महिला फुटबल र बास्केटबलमा नेपालले आज जापानसँग खेल्दै

काठमाडौं - १९औं एसियाडअन्तर्गत आज नेपालको महिला फुटबल र बास्केटबल टिमले जापानसंग खेल्दैछ । 

महिला फुटबलको  समूह डी मा रहेको नेपाल र जापानबीचको खेल वेन्झोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा हुनेछ ।यही संस्करणमा एसियाडमा डेब्यु गरेको नेपाली  महिला फुटबल टिम यसअघि पहिलो खेलमा भियतनामसँग २–० ले पराजित भएको थियो ।नेपालले महिला विश्वकप उपाधि जितिसकेको जापानसँग एसियाडमा पहिलो पटक खेल्न लागेको हो ।