काठमाडौं -नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावला सुनको सुन प्रतितोला चार सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम रहेको छ । त्यसैगरी आज नेपाली बजारमा चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेकोे छ ।