चलचित्र 'परदेशी–२'ले दर्शकको मन जित्नेमा विश्वस्त छु-निर्देशक रायमाझी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२६ दिन अगाडि
चलचित्र 'परदेशी–२'ले दर्शकको मन जित्नेमा विश्वस्त छु-निर्देशक रायमाझी

काठमाडौं – असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ले आफ्नो प्रचारप्रसारलाई तिव्र बनाएको छ ।

निर्देशक नारायण रायमाझी निर्देशित चलचित्रको प्रचारका लागि यतिबेला निर्माण टिम उपत्यका बाहिर छन् । यसैक्रममा ‘चलचित्र पत्रकार संघ नेपाल बाँके’ शाखासँग साक्षात्कार अभिनेता प्रकाश सपुतले ‘परदेशी २’ आफ्नो पहिलो चलचित्र भएका कारण उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । उनले भने ‘चलचित्र निर्माण अघि चलचित्र गर्दैछु भन्ने कुरामा ममा जुन उत्साह थियो, त्यो उत्साह अहिले पनि उस्तै छ । अहिले पनि म त्यही जोनमा छु ।’ उनले पहिलो चलचित्र भएकोले उत्साहसँगै थोरै डर पनि भएको बताए। अभिनेत्री केकी अधिकारीले ‘परदेशी २’को कथा सबै नेपालीको कथा भएको प्रतिक्रिया दिएकी छिन् । मौलिक कथामा अभिनय गर्ने रहर ‘परदेशी २’ले पूरा गरेको पनि अभिनेत्री अधिकारीले बताइन् । ‘यो चलचित्रले मेरो मेरो मौलिक कथामा काम गर्ने रहर पूरा गरिदियो । परदेशी २ हामी सबैको कथा समेटिएको चलचित्र हो ।

त्यसैले पनि यो चलचित्रबाट निकै उत्साहित छु’ केकीले भनिन्, ‘प्रकाश सपूतजिको पहिलो चलचित्र पनि हो यो । उहाँसँग काम गर्न पाउँदा अझ खुशी छु ।’ उनले अन्त्यमा थपिन्, ‘नारायण रायमाझी सरका अन्य चलचित्रहरु दर्शक बनेर हेर्ने गर्थें तर अहिले कलाकार बनेर काम गर्ने अवसर मिल्यो उत्साहित छ सँगै खुसी पनि।’ यस्तै चलचित्रका निर्देशक नारायण रायमाझीले चलचित्रले नेपाली समाजकै कथा उठान गरेकोले दर्शकले रुचाउनेमा आशावादी रहेको बताए । उनले आफ्नो चलचित्रमाथि विश्वास व्यक्त गर्दै भने ‘परदेशी २’को सार भनेको संसार घुमेपनि आफ्नो मातृभूमि र आमाबुबालाई भुल्नु हुँदैन भन्ने हो र यस चलचित्रमा समाजको यथार्थता उतार्ने कोशिस पनि गरेको छु ।’