आज एमाकाे बागमतीमा मतदान हुँदै 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९४७ दिन अगाडि
आज एमाकाे बागमतीमा मतदान हुँदै 

काठमाडौं - नेकपा (एमाले) बागमतीको जारी अधिवेशनअन्तर्गत मतदान आज हुँदै छ । 

असोज ९ गते नै नेतृत्व चयनको तयारी गरेको एमालेले सर्वसम्मतिको प्रयास लम्बिँदा निर्वाचन धकेलिएको हो ।शुक्रबार बिहान ८ बजेबाट मतदान सुरू हुने छ । 
बागमती प्रदेशको आगामी नेतृत्वका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलकाबीच प्रतिष्पर्धा हुँदै छ । अध्यक्षका लागि निवर्तमान अध्यक्ष केशव पाण्डे, बागमती प्रदेशका पूर्व सभामुख सानुकुमार श्रेष्ठ, केन्द्रीय सदस्य दाहाल र ढुंगेलले उम्मेदवारी दिएका थिए । त्यस्तै रामेछापका केशरबहादुर बुढाथोकीले पनि उम्मेदवारी दिएका थिए । सानु श्रेष्ठ, केशव पाण्डे र केशरबहादुर बुडाथोकीले बिहीबार उम्मेदवारी फिर्ता लिएका हुन् ।