अर्जुन र दुर्गाको ‘मनको धनी’ सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२६ दिन अगाडि
अर्जुन र दुर्गाको ‘मनको धनी’ सार्वजनिक

काठमाडौँ -अर्जुन पोखरेलको शब्द तथा सङ्गीत रहेको नयाँ गीत ‘मनको धनी’ सार्वजनिक भएको छ ।

गीतमा दुर्गा खरेल, सैराज खाती र अनुजा कडरियाको स्वर छ । गीतले जात, धर्म र धनले प्रेमलाई छेक्दैन भन्ने भाव व्यक्त गरेको छ । भिडियोमा उमर खान, मेलिना पन्त, अभिलाषा सापकोटा र राजेन्द्र आचार्यको अभिनय छ । गीतको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन विकास दाहालको रहेको छ । सङ्गीतकार अर्जुन पोखरेल आफैले निर्देशन गरेको भिडियोमा डिभाइन म्युजिकको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।