काठमाडौँ - अभिनेता अनमोल केसी पक्राउ परेका छन् ।
ठगीको आरोपमा उनलाई उपत्यका अपराध अनुसन्धानले शुक्रबार काभ्रेबाट पक्राउ गरेको हो । चलचित्रको पैसा लिएर पनि काम नगरेको भन्दै केसीविरुद्ध उजुरी परेको बताइएको छ । केसीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठोरले बताए ।