रिमेश कुमारको संगीतमा शिव परियारको चोट सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२५ दिन अगाडि
रिमेश कुमारको संगीतमा शिव परियारको चोट सार्वजनिक

काठमाडौं - लोकप्रिय गायक शिव परियारको स्वरमा रहेको गीत ‘चोट’ सार्वजनिक भएको छ ।

दीपक बिडारीको शब्द, रिमेश कुमारको सङ्गीत, कुशल सिंह निलको एरेञ्ज र साजन शाहको मिक्सिङ–माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । केशव राज भट्टको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा शिल्पा पोखरेल, राज दीप र सोनु निरौला फिचर्ड छन् । राम कुमार केसीको छायाँकन रहेको भिडियोमा दृश्य सम्पादन बन्दे प्रसादले गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो स्रोतारदर्शकमाझ पस्किएका छौ सबैको माया पाउँनेमा आशावादी रहेकाे संगीतकार रिमेश कुमारले बताए ।