लायन्स क्लव अफ काठमाडौं लिटिल बुद्धको रक्तदान कार्यक्रम, संकलन गरियो ४० पिन्ट रगत

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९३३ दिन अगाडि
लायन्स क्लव अफ काठमाडौं लिटिल बुद्धको रक्तदान कार्यक्रम, संकलन गरियो ४०  पिन्ट रगत

काठमान्डौं – रगतकाे अभाव हुन नदिन लायन्स क्लव अफ काठमाडौं लिटिल बुद्धले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

पिएमसीसी लायन मानबहादुर रोक्काको प्रमुख आतिथ्यता तथा क्लबका अध्यक्ष लायन अमर भट्टराईको अध्यक्षतामा काठमाडौंको जरिबुटीस्थित राजमहल ब्याङ्क्वेटमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।

‘रक्तदान नै जीवनदान हो’ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै अहिले बढ्दो ढेंगुका कारण अस्पतालहरूमा बिरामीको चाप बढिरहेको हुनाले रगतको अभाव हुन नदिन कार्यक्रमको आयोजना गरेको क्लवका अध्यक्ष अमर भट्टराईले बताए ।

क्लबले रक्तदान बाहेक वृक्षरोपण, खाद्यन्न, लत्ताकपडा वितरण लगायतका सामाजिक कार्यहरु पनि गर्दै आएको छ । आगामी दिनहरुमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिदै जाने अध्यक्ष भट्टराईले प्रतिवद्धता जनाए ।

कार्यक्रमका प्रमुख अतिथि तथा पिएमसीसी लायन मानबहादुर रोक्काले लायन्स क्लब अफ काठमाडांै लिटिल बुद्धले स्थापनाको छोटो समयमा नै धेरै सामाजिक कार्यहरु गर्न सफल भएकोप्रति खुसी व्यक्त गरे । रक्तदान जस्तो सामाजिक कार्य कसैको जीवन जोगाउने कार्य भएको भन्दै उनले आगामी दिनहरुमा पनि यस्ता कार्यलाई निरन्तरता दिन क्लवलाई आग्रह गरे ।

नेपाल स्वयंमसेवी रक्तदाता समाजका अध्यक्ष तथा रिजन चेयर पर्सन लायन केदार प्रसाद न्यौपानेको संयोजकत्वमा सम्पन्न कार्यक्रमममा ४० पिन्ट रगत संकलन भएको पनि अध्यक्ष भट्टराईले जानकारी दिए ।