इजरायलमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न एमालेको आग्रह

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९३७ दिन अगाडि
इजरायलमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न एमालेको आग्रह

 काठमाडाै‌ -नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले इजरायलमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग अनुरोध गरेको छ ।

आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्‌घाटन गर्दै महासचिव शंकर पोखरेलले शनिवार इजरायलमा भएको आतङ्कवादी हमलामा घाइते भएका नेपालीको उद्धार तथा त्यहाँ रहेका आफ्ना नागरिकको सुरक्षा सुनिश्चत गर्न आग्रह गरेका हुन् । उनले घाइते नेपालीप्रति सरकारले चासो नदिएको आरोप लगाए । घाइते भएका आफ्ना नागरिकको अवस्थाबारे सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिए । महासचिव पोखरेलले अब एमालेले एकल बहुमतको सरकार गठन गर्नेगरी अगाडि बढ्नुपर्छ भन्दै पार्टीले समृद्धिको आधार बनाई रहेकाबेला आफ्नै पार्टीको सरकारलाई ढाल्न लागेकाहरूबाट अहिलेको परिस्थिति उत्पन्न भएको टिप्पणी गरे ।