कोशीका मुख्यमन्त्री केदार कार्कीले मागे विश्वासको मत

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९२८ दिन अगाडि
कोशीका मुख्यमन्त्री केदार कार्कीले मागे विश्वासको मत

काठमाडाै‌- काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत मागेका छन् ।

 बुधबारकाे प्रदेशसभा बैठकलाई सम्बाेधन गर्दै उनले विश्वासको मत मत मागेका हुन् । संघीयता र लाेकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि संकल्प आवश्यक रहेकाे बताउँदै उनले विश्वासको मत मागे । ‌सरकार गठनकाे अन्तिम विकल्पका आधारमा आफुलाई विश्वास गरेर मुख्यमन्त्री नियुक्त गरेकाे बताउँदै उनले राज्यका हरेक निकायमा जनताकाे पहुँच पुर्याउनका लागि काम गर्ने बताए । विकासलाई ध्यानमा राखेर काम गर्ने बताएका उनले विश्वासको मत दिन आग्रह गरे । ९३ सदस्यीय प्रदेशसभामा कार्कीलाई राप्रपा बाहेकका दलले विश्वासको मत दिने निर्णय गरेका छन् । ६ सिटको राप्रपाले विपक्षमा मतदान गर्ने निर्णय गरेकाे छ ।