बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० संसदमा पेश

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९१६ दिन अगाडि
बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० संसदमा पेश

काठमाडौँ - प्रतिनिधिसभा बैठकमा बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० पेश भएको छ ।

आइतबार बसेको बैठकमा अर्थमन्त्रीको तर्फबाट कानुन मन्त्री धनराज गुरुङले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० पेश गरेका छन् । 

सो विधेयक प्रतिनिधि सभामा पेश गर्ने विरुद्ध विरोधको सूचना दिने प्रेम सुवालको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि मन्त्री गुरुङले पेश गरेका हुन् । 

विधेयक पेश गर्दै उनले बैंकिङ तथा वित्तिय कारोबारमा हुने चेक अनादर जस्ता कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाई सो उपर हुने सजाय र अदालती प्रक्रियालाई अझ पारदर्शी तथा सरलीकरण बनाउने सम्बन्धमा कानुनी व्यवस्था आवश्यक भएकोले सो विधेयक प्रतिनिधिसभा समक्ष प्रस्तुत गरेको बताएका छन् । 

यो विधेयक गत असोज १६ गते प्रतिनिधि सभामा दर्ता भएको थियो ।