हाइड्रोपावरमा कार्यरत मजदुरको पर्खालबाट लडेर ज्यान गयो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९१२ दिन अगाडि
हाइड्रोपावरमा कार्यरत मजदुरको पर्खालबाट लडेर ज्यान गयो

 काठमाडाै‌ -लिखु नदीमा निर्माणाधीन लिखु हाइड्रोपावरमा कार्यरत एक मजदुरको पर्खालबाट लडेर ज्यान गएको छ ।

 बिहीबार काम गर्ने क्रममा पर्खालबाट लड्दा रामेछापको गोकुलगंगा गाउँपालिका– १ चुचुरे सामुडाँडाका ३० वर्षीय कैलाश कार्कीको ज्यान गएको हो । काम गर्ने क्रममा ड्यामको गेटको पर्खालबाट करिब २० मिटर तल झरेका कार्कीलाई तत्काल घटनास्थलबाट उद्धार गरी उपचारका लागि सोलुको किज्याङ अस्पतालमा भर्ना गरिएको थियो । उनको सो अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि रामेछापको सदरमुकाम मन्थलीतर्फ ल्याउने क्रममा बिहीबार राति बीचबाटोमा नै ज्यान गएको हो ।   घटनापछि मृतक कार्कीका आफन्त बीचबाटोबाटै शव फर्काएर हाइड्रोपावरको गेटमा शव राखेर आन्दोलनमा उत्रिएका छन् ।

मृतक कार्कीका आफन्त मृतकको परिवारका सदस्यलाई रोजगारीको ग्यारेन्टी गरिनुपर्ने र परिवारका सदस्यलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रञ्जन गिरीले जानकारी दिए । उनले आन्दोलनरत पीडित पक्ष र हाइड्रोपावरबीच समझदारी भएपछि शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइने बताए ।