काठमाडाै -निश्चल बस्नेतको निर्देशन रहेको फिल्म ‘दिमाग खराब’सेन्सर पास भएको छ ।
फिल्मले केन्द्रीय चलचित्र जाँच समितिबाट (सेन्सर बोर्ड)बाट युनिभर्सस सर्टिफिकेट पाएको छ । योसँगै फिल्म हरेक उमेरका दर्शकले हेर्न पाउनेछन् ।तिहारको अवसर पारेर यही शुक्रवारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की लगायतका कलाकारहरूको अभिनय छ । साधारण व्यक्तिको संघर्षको कथामा निर्माण भएको फिल्मलाई आकाश बरालले लेखेका हुन् । रौनक कंडेल फिल्ममा निर्माता हुन् । निर्देशक बस्नेतको ६ वर्षपछिको कमब्याक भएका कारण ‘दिमाग खराब’लाई प्रतीक्षित रुपमा हेरिएको छ ।