गायक हेमन्त शर्माले नेपाली क्रिकेट टीमलाई दिए ५० हजार

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९०६ दिन अगाडि
गायक हेमन्त शर्माले नेपाली क्रिकेट टीमलाई दिए ५० हजार

 काठमाडाै‌-गायक हेमन्त शर्माले नेपाली क्रिकेट टोलीलाई ५० हजार रूपैयाँ हस्तान्तरण गरेका छन् । 

आईसीसी टी–२० विश्वकपको एसिया छनोटअन्तर्गत सेमिफाइनलमा यूएईलाई हराए ५० हजार पुरस्कार दिने घोषणा गरेका उनले मंगलबार उक्त रकम हस्तान्तरण गरेका हुन् ।  मंगलबार बिहान कप्तान रोहित पौडेल र खेलाडी कुशल भुर्तेललाई भेटेर गायक शर्माले उक्त रकम हस्तान्तरण गरेका हुन् । गायक शर्माले फेसबुकमार्फत् आफूले बोलेको कुरा पूरा गरेको जानकारी दिएका छन् । ‘खुशी त त्यतिबेला अझ दोब्बर भयो जब उहाँहरूले ‘दाइको यो सहयोगमा हामीले अरू थपेर अस्ति रातिको भूकम्पले क्षतिग्रस्त भएको क्रिकेटर अनुज चुनाराको घर मर्मतका निम्ति पठाउँछौ जो भन्नुभयो !’ शर्माले लेखेका छन् । गत शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को टी–२० विश्वकपमा छनोट भएको थियो ।