सन् २०२३ अहिलेसम्मकै ‘तातो’ वर्ष बन्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०८५ दिन अगाडि
सन् २०२३ अहिलेसम्मकै ‘तातो’ वर्ष बन्ने

काठमाडौँ - भीषण गर्मी र तातो हावाका कारण सन् २०२३ जलवायु परिवर्तनको मामिलामा इतिहासकै सबैभन्दा तातो वर्ष हुने भएको छ ।

अक्टोबरमा असाधारणरुपमा रहेको तातो तापक्रमले पनि यस अनुमानलाई पुष्टि गर्ने बताइएको हो । युरोपियन युनियनको क्लाइमेट चेन्ज सर्भिसका अनुसार हावा र वैश्विक औसत तापमान हालसम्म सबैभन्दा गर्मी भएको अक्टोबर २०१९ को भन्दा ०.४ डिग्री सेल्सियस बढी गर्मी रहेको छ । शोधकर्ताहरूका अनुसार अत्यधिक वैश्विक तापक्रम सन् २०२४ सम्म जारी रहने सम्भावना रहेको छ । सन् २०२३ का अन्तिम दुई महिनामा तापक्रमको तथ्याङ्क बदलिने सम्भावना न्यून रहेका कारण यो वर्ष विश्वकै सबैभन्दा तातो वर्ष रहने तय भएको उनीहरूको जिकिर छ ।एजेन्सी