तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८९६ दिन अगाडि
तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं -नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तीन सय रुपैयाँले घटेर प्रतितोला एक लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार छापावा सुनको मूल्य १ लाख  १५ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख १४ हजार २५० रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी,चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेर  छ । चाँदी प्रतितोला एक हजार ३८५ रूपैयाँमा कारोबार भइरहेको छ ।