अभिनेत्री दिपाशा बीसीको निधन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९०४ दिन अगाडि
अभिनेत्री दिपाशा बीसीको निधन

काठमाडौं -अभिनेत्री दिपाशा बीसीको निधन भएको छ ।

स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले जानकारी दिए । ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो ।