नवलपुरमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, एकजना गम्भीर घाइते

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९०३ दिन अगाडि
नवलपुरमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, एकजना गम्भीर घाइते

 काठमाडाै‌ - नवलपुरमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृतकमध्ये चालकको पहिचान खुलेको छ भने अरूको सनाखत भएको छैन । थप एकजना गम्भीर घाइते भएका छन् । बुलिङटारबाट नवलपुरतर्फ जाँदै गरेको ग १ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका ८ मोडमा रहेको एउटा घरमा ठोकिएको हो ।  ‘जिप एकदमै ओभरस्पिडमा आएको देखिन्छ । अरु कारणहरू खुलेको छैन,’ नवलपुर प्रहरीका डिएसपी वेदबहादुर पौडेलले भने, ‘मृतकको सनाखत भैसकेको छैन ।’  गम्भीर घाइतेको उपचारका लागि भरतपुर अस्पताल पठाइएको उनले बताए । मृतकमध्ये ३ जना पुरुष र ३ जना महिला छन् । बौंदीकाली गाउँपालिका ६ माझडाँडाका चालक छनबहादुर आलेको पहिचान खुलेको छ । सबै सोही गाउँका रहेको प्रारम्भिक सूचना छ । थप विवरण आउन बाँकी छ ।