भाइटीकाको दिन बाहेक अध्यागमन विभागको सेवा नरोकिने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९०३ दिन अगाडि
भाइटीकाको दिन बाहेक अध्यागमन विभागको सेवा नरोकिने

काठमाडौं - यस वर्ष २८ कात्तिक (१५ नोभेम्बर)का दिन परेको भाइटीकाबाहेक अन्य दिन अध्यागमन विभागको सेवा सुचारु रहने भएको छ ।

विभागका अनुसार तिहार बिदाका अन्य दिनमा भने विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखा खुला रहने भएको छ । सार्वजनिक बिदामा भाइटीकाको दिन बाहेक अन्य दिन बिहान ११ बजेदेखि १ बजेसम्म सेवा सुचारु रहने विभागले जानकारी गराएको छ । अहिले पर्यटक आगमन बढी हुने मौसम हो । पदयात्रा र पर्वतारोहणका लागि यस मौसममा बढी पर्यटक आउने गर्छन् ।