जापानविरुद्ध नेपालको सान्त्वना जीत

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८९६ दिन अगाडि
जापानविरुद्ध नेपालको सान्त्वना जीत

काठमाडौँ - हङकङमा जारी चार देश सम्मिलित महिला टी–२० शृङ्खलामा नेपालले जापानलाई ६७ रनले पराजित गरेको छ ।

नेपालले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य पछ्याउने क्रममा जापान निर्धारित २० ओभरमा ओभरमा सबै विकेट गुमाएर ४६ रनमा समेटिएको हो ।  नेपालका लागि अस्मिना कर्माचार्यले ४ ओभरमा मात्र १० रन खर्चेर ४ विकेट लिइन् भने संगीता राईले ३ तथा पूजा महतोले २ विकेट लिइन् । जापानका लागि मेग ओगावाले सर्वाधिक १७ रन तथा सेइका सुमीले १३ रनको योगदान दिइन् । यसअघि हङकङ क्रिकेट क्लबको मैदानमा शनिबार बिहान भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेलेर ४ विकेटको क्षतिमा ११३ रन बनाएको थियो ।

नेपालका लागि काजल श्रेष्ठले नटआउट १५ रन बनाइन् ।त्यसअघि रूबिना क्षेत्रीले ३८ रन बनाइन्। उनले ३२ बलमा ५ चौका प्रहार गरिन्।  त्यस्तै कप्तान इन्दु बर्माले ३१ बलमा २ चौका हान्दै २७ रन जोडिन्। ओपनर पूजा महतोले १३ रन बनाउँदा सीता रानामगरले ९ रनको योगदान गरिन्। बलिङतर्फ जापानकी एलिना कुसुदा क्विनले २ विकेट तथा मेग ओगावा र अयुमी फुजिकावाले एक(एक विकेट लिए। लिगको सुरुवाती दुई खेलमा पराजित भएसँगै नेपाल फाइनल पुग्न असफल भइसकेको छ। तान्जानिया र हङकङले उपाधिका लागि खेल्ने छन् ।