ब्रोकाउली शरीरका लागि निकै फाइदाजनक मानिन्छ । जाडो याममा बजारमा ब्रोकाउली धेरै मात्रामा पाइन्छ । धेरैले यसलाई हरियो काउली समेत भन्छन् । ब्रोकाउली आइरन, फाइबर, पोटासियम प्रचुर मात्रामा पाइन्छ । यससमा सोडियम र भिटामिन सी आदि पाइन्छ । रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुका साथै ब्रोकाउली खानु मधुमेहका लागि पनि फाइदाजनक हुन्छ । ब्रोकाउलीले शरीरलाई लामो समयसम्म स्वस्थ राख्न मद्दत गर्छ । ब्रोकाउली धेरै तरिकाले खान सकिन्छ । ब्रोकाउली बच्चाहरुलाई पनि खुवाउनुपर्छ । ब्रोकलीको नियमित सेवनले शरीरमा धेरै रोग लाग्नबाट बचाउँछ । जाडोमा ब्रोकली खानुका फाइदाबारेमा पनि यसरी हेर्न सकिन्छ :
तौल नियन्त्रणका लागि ब्राेकाउली
ब्रोकाउलीले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । यसमा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जसले पाचन प्रणालीलाई मजबुत बनाउन मद्दत गर्छ । ब्रोकली खाँदा छिटो भोक लाग्दैन । त्यसैले पनि यसले तौल घटाउन सघाउने गर्छ । ब्रोकलीलाई हल्का भुटेर वा तरकारी बनाएर सजिलै खान सकिन्छ ।
कलेजोका लागी लाभदायी ब्राेकाउली
ब्राेकाउली कलेजोका लागि निकै फाइदाजनक हुन्छ । ब्रोकली नियमित खाँदा फ्याटी लिभरको समस्याबाट छुटकारा मिल्छ । ब्राेकाउलीले शरीरबाट विषाक्त पदार्थ बाहिर निकालेर शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । याे खाँदा खाँदा कलेजोसँग सम्बन्धित रोगको जोखिम कम हुन्छ ।
हड्डी बलियो बनाउँन ब्राेकाउली
ब्राेकाउली हड्डी बलियो बनाउन मद्दत गर्छ । यसको सेवनले हड्डी मजबुत हुनुका साथै हड्डीसँग सम्बन्धित समस्या पनि हट्छ । ब्रोकलीमा क्याल्सियम प्रचुर मात्रामा पाइन्छ । ब्राेकाउलीलाई सलादको रुपमा समेत प्रयोग गर्न सकिन्छ । कतिले यसको सूप बनाएर पिउने गर्छन् ।
प्रतिरक्षा बलियो बनाउँन ब्राेकाउली
ब्रोकाउलीले शरीरलाई स्वस्थ राख्नुका साथै रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन मद्दत गर्छ । ब्राेकाउलीमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ, जसले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ । रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाले शरीरमा मौसमी रोगको जोखिम हुँदैन ।
गर्भावस्थामा लाभदायी ब्राेकाउली
ब्राेकाउली गर्भावस्थाको लागि धेरै लाभदायी हुन्छ । यसमा पाइने क्याल्सियमले बालबालिकाको हड्डीलाई मजबुत बनाउँछ र उनीहरुलाई स्वस्थ राख्न मद्दत गर्छ । ब्रोकली खाँदा महिलालाई कमजोरी महसुस हुँदैन । ब्राेकाउली खाँदा महिला तथा बालबालिका दुवै स्वस्थ रहन्छन् ।
ब्राेकाउली शरीरका लागि निकै फाइदाजनक हुन्छ । तर ध्यान राख्नुहोस् कि तपाईंलाई कुनै रोग वा एलर्जी छ भने ब्रोकली सेवन गर्नु अघि डाक्टरको सल्लाह लिनुहोस् ।