‘यो नेपाली शिर उचाली’ गीतमा विक्की कौशलको ‘खुकुरी डान्स’

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८९५ दिन अगाडि
‘यो नेपाली शिर उचाली’ गीतमा विक्की कौशलको ‘खुकुरी डान्स’

काठमाडाै‌ - बलिउड अभिनेता विक्की कौशलले नेपाली गीत ‘यो नेपाली शिर उचाली’ मा नृत्य गरेका छन् ।

उनले गोर्खाली सेनाको एक कार्यक्रममा पुगेर सेनाहरुसँग नृत्य गरेका छन् । जसको जानकारी विक्कीले सामाजिक सञ्जालमार्फत दिएका छन् । उनले लेखेका छन्, ‘मलाई उनीहरुको खुकुरी बोक्ने सौभाग्य मिल्यो । उनीहरुसँग नै डान्स गर्न पाउँदा खुशी छु । जय मा काली, आयो गोर्खाली ।’विक्की पछिल्लो समय फिल्म ‘सामबहादुर’ को कारण चर्चामा छन् । डिसेम्बर १ मा रिलिज हुने फिल्मको प्रचार प्रसारमा उनी यतिबेला जोडतोडले लागिरहेका छन् । फिल्ममा उनले ‘सामबहादुर’ नाम गरेका एक भारतीय आर्मी अफिसर्सको भूमिकामा निर्वाह गरेका छन् । फिल्मको केही अगाडि ट्रेलर सार्वजनिक भएको थियो । ट्रेलर सार्वजनिक भएपछि विक्कीको कामको धेरैले खुलेरै तारिफ गरिरहेका छन् । बक्स अफिसमा यो फिल्मले राम्रो कमाई गर्ने अनुमान गरिएको थियो ।  फिल्ममा विक्कीको अलवा फातिमा सना शेख, सान्या मल्होत्रा लगायतको अभिनय छ ।एजेन्सी