अस्ट्रेलियाले टस जित्यो, भारतलाई ब्याटिङको निम्तो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०७३ दिन अगाडि
अस्ट्रेलियाले टस जित्यो, भारतलाई ब्याटिङको निम्तो

काठमाडौं -विश्वकप क्रिकेटमा भारतविरुद्ध अस्ट्रेलियाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा अस्ट्रेलियाली कप्तान प्याट कमिन्सले पहिला फिल्डिङ रोजेका हुन् ।उनले दिउँसो विकेट सुख्खा भएको र बेलुकीको समयमा शीत पर्ने भएकाले आफूहरुले पहिला फिल्डिङ रोजेको बताए । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले आफूले टस जितेको भए पनि पहिला ब्याटिङ नै रोज्ने बताए ।  घरेलु मैदानमा खेल हुन गइरहेकाले आफूहरु निकै उत्साही रहेको शर्माले बताएका छन् ।