नेपालका बारेमा धेरैकुरा लेख्ने बलिउड गीतकार समिर अञ्जानकाे भनाई

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८९४ दिन अगाडि
नेपालका बारेमा धेरैकुरा लेख्ने बलिउड गीतकार समिर अञ्जानकाे भनाई

काठमाडौं -  बलिउडका गीतकार समिर अञ्जानलाई काठमाडौंमा अभिनन्दन गरिएको छ ।

काठमाडौंको लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार संघ नेपालले शनिवार उहाँलाई एक कार्यक्रमको आयोजना गरी अभिनन्दन गरेको हो ।

भारतीय गीतकार समीर विश्वमै सबैभन्दा बढी गीत लेख्ने गीतकार समेत हुन्। विश्वमा सबैभन्दा बढी गीत लेखेबापत ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउनुभएका समिरले ६ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेका छन् ।

अभिनन्दन कार्यक्रममा बोल्दै समिरले नेपाली भाषा धेरै प्रिय रहेको समेत बताएका छन् ।

उनले नेपाली भाषा युद्धमा बोल्दा पनि माया गरेको जस्तो लाग्ने किसिमको मिठासपूर्ण रहेको बताए । उनले आफू नेपालमा पहिलो पटक आएको र नेपालका बारेमा धेरैकुरा लेख्ने प्रतिवद्धता समेत जनाएका छन् ।

कार्यक्रममा साहित्यकार वसन्त चौधरीले समिर अञ्जानले भारतीय गीतहरु उल्लेख्य रुपमा रचना गरेको स्मरण गर्दै उहाँका गीतले हरेक मानिसलाई जिउन सिकाउने बताए ।

गीतकार समिरका ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धडकन मे’ लगायतका गीतहरु लोकप्रिय रहेका छन् ।