उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०३६ दिन अगाडि
उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ

 काठमाडाै‌ ‌- सूर्य र छठ माता (छठी मैयाँ) को उपासना गरी चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै समापन भएको छ । 

उदाउँदो सूर्यदेवको पूजा आरधना गरी छठ समापन गर्नका लागि नदी, तलाउ र छठ पूजाका लागि बनाइएका पोखरी किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए ।जनकपुरस्थित गंगा सागरमा राताभर जाग्राम बसेका ब्रतालु भक्तजनले बिहान सूर्योदयसँगै सूर्यदेवको पूजा उपासना गरी ब्रत समापन गरेका छन् । हिजो अस्ताउँदै गरेको सूर्य तथा छठी मातालाई अर्घ्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन्।दुलही झैं सिंगारिएका तलाउमा हजारौं भक्तजन भेला भएर पूजा आराधना गरेका छन । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी छठ पर्व मनाइन्छ ।  आज बिहानै उदाउँदो सूर्यको पूजा उपासना गरी अर्घ दिएसँगै चारदिन लामो छठ पूजा सम्पन्न भएको छ ।