बढ्यो युरो र पाउण्डको भाउ,अरुको कस्तो छ विनिमय दर ?   

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८८४ दिन अगाडि
बढ्यो युरो र पाउण्डको भाउ,अरुको कस्तो छ विनिमय दर ?   

काठमाडौं - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।  

जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ६८ पैसा र बिक्री दर १६६ रुपैयाँ ४३ पैसा पुगेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ०२ पैसा र बिक्री दर १४५ रुपैयाँ ६८ पैसा रहेको छ । 
हिजोको तुलनामा आज युरो र पाउण्डको खरिद र बिक्रीदर बढेर आएको छ । हिजो बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८८ पैसा र बिक्री दर १६५ रुपैयाँ ६३ पैसा तथा युरो एकको खरिद दर १४४ रुपैयाँ २७ पैसा र बिक्री दर १४४ रुपैयाँ ९२ पैसामा कारोबार भएको थियो ।  यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेको छ ।  कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा र क्यानाडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९० पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।