काठमाडाै -गृह मन्त्रालय अन्तर्गतका निकायको कार्य सम्पादनमा प्रभावकारिता ल्याउन समिति गठन गरिएको छ ।
कार्य सम्पादनमा प्रभावकारिता ल्याउन गर्नुपर्ने सुधारका क्षेत्र तथा उपाय र त्यसको कार्ययोजनासमेत बनाउने प्रयोजनका लागि मन्त्रालयले सोमबार समिति गठन गरेको हो । पूर्वमुख्य सचिव लीलामणि पौडयालको अध्यक्षतामा गठित समितिमा १० जना सदस्य रहका छन् । समिति सदस्यमा पूर्वसचिवहरू शंकरप्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल, पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याललगायत छन् ।
त्यस्तै मन्त्रालयले विषयगत उपसमितिसमेत बनाएको छ । पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्यालको संयोजकत्वमा उपसमिति बनाइएको हो । समितिको सदस्यमा कानुन /न्याय/सरकारी वकिल समूहबाट सेवा निवृत सहसचिव एक जना, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक बमबहादुर भण्डारीलगायत ६ जना छन् ।