स्वरुपराज र रचनाको सुमधुर स्वरमा 'फूल्यो चमेली' सार्वजनिक (भिडियो )

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८९२ दिन अगाडि
स्वरुपराज र रचनाको सुमधुर स्वरमा 'फूल्यो चमेली' सार्वजनिक (भिडियो )

काठमाडौं -चर्चित गायक स्वरुपराज आचार्य र गायिका रचना रिमालको सुमधुर स्वरमा रहेको गीत 'फूल्यो चमेली'को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

मनमैजु साँस्कृतिक समाजको प्रस्तुतिमा गीतकार डा. कमलराज शर्माको शब्द र हरि लम्सालको कर्णप्रिय संगीत रहेको गीतको भिडियोमा लोकप्रिय कलाकार गौरव पहारी र उषा रजकको अभिनय रहेको छ । भिडियोमा देशको विद्यमान अवस्था र जीवन निर्वाहका लागि विदेशिएका नेपालीहरुको कारुणिक जीवनलाइ  जिवन्त चित्रण गरिएको छ ।

 उत्तम हुमागाईको सिनेमाटोग्राफी र बिकाश धमलाको सम्पादन रहेको भिडियोलाइ निकेश खड्काले निर्देशन गरेका हुन्  । देशबासीको लागि विद्यमान चारैतिरको अवस्था ज्यादै दुरुह बन्दै गैरहेको ,चरम अस्थिरताले मानिसको मन अनिश्चित गतव्यतर्फ उडाइरहेको बर्तमान अबस्थामा अनुकुल अवसर खोजिमा विदेश जानै पर्ने बाध्यता पैदा गरिएको तथापि विदेशमा काम गर्दाको अवस्था पनि उत्तिकै प्रतिकुल छ ।

सबै भन्दा उत्तम विकल्प त पसिना सिंचेर आफ्नै घरतिको सेवा गर्नु नै हो भन्दै आफ्नै देशको माटोलाइ शिरानी बनाउन यहि देशमा फर्केर आउन अपिल गर्दै गीत रचना गरिएको गीतकार शर्माले बताउनु भयो । साथै उहाले छिट्टै नै मनमैजु साँस्कृतिक समाजको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र 'कथा आफै बोल्छ' जसले भारतको मुम्बईमा हालै आयोजित एक प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभलमा तीन विधामा सर्वोत्कृष्ट हुदै अवार्ड प्राप्त गरेको थियो उक्त लघु चलचित्र लाइ पनि रिलिज गरिने जानकारी दिनु भयो ।