निर्वाचन आयोगले तोक्‍यो राष्ट्रियसभा निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८९३ दिन अगाडि
निर्वाचन आयोगले तोक्‍यो राष्ट्रियसभा निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार तोकेको छ ।

२०७८ को जनगणनापछि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षको नयाँ मतभार कायम भएको आयोगले जनाएको छ । बुधबार बसेको आयोगको बैठकले प्रदेशसभा सदस्यको मतभार ५३  र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र  नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडैलले जानकारी दिए । यसअघि एकजना प्रदेशसभा सदस्यको मत ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ थियो । राष्ट्रियसभा निर्वाचनको मिति आगामी माघ ११ भित्र गर्ने गरी आयोगले सरकारलाई सुझाव दिएको छ ।

हेर्नुहोस् आयोगको विज्ञप्ति :