चलचित्र ‘सतीदेवी’को फस्टलुक पोस्टर सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८९० दिन अगाडि
चलचित्र ‘सतीदेवी’को फस्टलुक पोस्टर सार्वजनिक

 काठमाडाै‌-नेपाली चलचित्र ‘सतीदेवी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

 बिहीवार हरिबोधिनी एकादशीको अवसर पारेर सार्वजनिक गरिएको पोष्टरमा शीर्ष कलाकार अभिनेत्री मलिका महतलाई प्रस्तुत गरिएको छ । जुत्ताको माला र गालामा कालो मोसो दलेको अवस्थामा दौडिरहेकी उनलाई केही युवाहरूले लखेटिरहेको पोष्टरमा देखिन्छ । लक्ष्मण सुवेदीको लेखन, निर्माण एवं निर्देशन रहेको चलचित्र महिलालाई केन्द्रमा राखेर निर्माण गरिएको नामबाटै पनि बुझन सकिन्छ । 

यो सामाजिक चलचित्रमा मलिकाका साथमा हर्षिका वली र मञ्जिला बानियाँ (बाल कलाकार), सन्दिप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता शिवाकोटी, सन्देश लिम्बू, मनिषा सापकोटालगायतको अभिनय छ ।  दिलासा, सारा र श्रीदेवी सुवेदी निर्माता रहेको चलचित्रको प्रदर्शन मिति छिट्टै घोषणा गरिने जनाइएको छ । बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रलाई तारा थापा ‘किम्भे’ले सम्पादन गर्दैछन् ।  गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रियशन प्रा.लिको प्रस्तुतिमा चलचित्र बनेको हो ।