बंगलामुखीमा ‘फर्की फर्की’को मुहूर्त, अनमोल भन्छन्- मेरो करिअरको नयाँ यात्रा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८८९ दिन अगाडि
बंगलामुखीमा ‘फर्की फर्की’को मुहूर्त, अनमोल भन्छन्- मेरो करिअरको नयाँ यात्रा

काठमाडौं -अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहने फिल्म ‘फर्की फर्की’ शुभसाइत गरिएको छ ।

ललितपुरको बगलामुखी मन्दिरमा शुक्रबार बिहान मुहूर्त गरियो ।समारोहमा कलाकार, निर्माता, निर्देशक र प्राविधिकले पूजा गरेका थिए । फिल्मका प्रोडक्शन हेड शंकर पाण्डेले क्ल्याप हान्दै शुभसाइत भएको घोषणा गरे । छायांकन मंसिर ११ गतेदेखि पोखरामा सुरु हुनेछ ।

यो फिल्मलाई आउँदो बर्षको जेठ ११ गते रिलिज गर्ने घोषणा निर्माताले गरिसकेका छन् । यो फिल्मलाई रोहित अधिकारी र ओम अग्रवालले मिलेर निर्माण गर्दैछन् । सुयोग गुरुङको निर्देशन रहनेछ । मनोज वली र रामु न्यौपाने सह-निर्माताको रुपमा छन् । यस्तै, फिल्मका कार्यकारी निर्माता अनीरुद्र गिरी छन् । फिल्ममा अनमोल र जसितासहित कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, अशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य श्रेष्ठ, अर्नव घिमिरे र प्रेम पाण्डेको मुख्य भूमिका रहनेछ । 

रवि काफ्ले र समृद्धि अर्यालले डेब्यु गर्दैछन् । नरेन्द्र मैनालीको छायांकन, अष्ट महर्जनको एक्सन, सुयोग गुरुङको पटकथा, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत, किरण थापाको नृत्य, निमेष श्रेष्ठको सम्पादन हुने जनाइएको छ । निर्माण नियन्त्रकमा शंकर पाण्डे छन् । काफिया फिल्मस्, कुवेर फिल्मस् र एमएसएम इन्टरटेन्मेन्टले वितरणको जिम्मा लिएको छ । उक्त अवसरमा मिडियासँग कुरा गर्दै अभिनेता केसीले भने– फिल्म भनेको टेबुलमा बन्छ । यो फिल्म पनि टेबुलमै तयार भैसकेको छ । दर्शकले लभस्टोरी फिल्ममा एउटा नयाँ स्वाद पाउनु हुनेछ । यो मेरो करिअरको नयाँ यात्रा पनि हो ।’