एफसी बुटवल लुम्बिनीविरुद्ध ललितपुर एफसीलाई २–० को अग्रता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८९० दिन अगाडि
एफसी बुटवल लुम्बिनीविरुद्ध ललितपुर एफसीलाई २–० को अग्रता

 काठमाडाै‌ -नेपाल सुपर लिगअन्तर्गत आजको दोस्रो खेलमा ललितपुर एफसी र एफसी बुटवल लुम्बिनी भिडिरहेका छन्। 

दशरथ रंगशालामा जारी खेलकाे पहिलाे हाफमा नै ललितपुरले दुई गाेलकाे अग्रता लिएकाे हाे। खेलको २६औँ मिनेटमा ललितपुर एफसीका मिडफिल्डर दिनेश योन्जनले पहिलाे गाेल गरे। उनले सानो डिबक्सको ठीकअगाडिबाट बललाई जाली चुमाउँदै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। लगत्तै अनन्त तामाङले ललितपुर एफसीको अग्रता दोब्बर पारेका छन्। पहिलो गोल भएको ६ मिनेटपछि नै उनले टिमकाे अग्रता दोब्बर पारेका हुन् ।  ३२औँ मिनेटमा कर्नरमा प्राप्त हेडरलाई पहिलो बारबाट जाली चुमाउँदै अनन्तले लिगमा व्यक्तिगत पहिलो गोल गरे। यससँगै ललितपुरले पहिलो हाफमै २–० को अग्रता लिएको छ।