काठमाडाै -नेपाली चलचित्रका चकलेटी अभिनेता प्रदीप खड्का बलिउडमा प्रवेश गर्ने पक्का भएको छ ।
उनको पहिलो हिन्दी चलचित्र ‘ऐरी’ निर्माणको घोषणा गरिएको छ । भिडियो सार्वजनिक गर्दै चलचित्रको टाइटल घोषणा गरिएको हो । यो चलचित्र हिन्दीसहित विभिन्न भाषामा बन्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ । भारतीय चलचित्रका वितरक सुवास काले, प्रशान्त कुमार गुप्ता र राजन कुँवरले यसमा लगानी गर्न लागेका हुन् । चलचित्रलाई जीवन थापाले निर्देशन गर्नेछन् । चलचित्र आउँदो वर्ष २०२४ मा रिलिज हुनेछ ।