बुबा–आमा बन्दै सलोन र करिश्मा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८८४ दिन अगाडि
बुबा–आमा बन्दै सलोन र करिश्मा

 काठमाडाै‌- नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता सलोन बस्नेत बुवा बन्ने भएका छन् ।

विवाह गरेको पहिलो वर्षगाँठको अवसर पारेर उनकी श्रीमती करिश्मा केसीले मंगलबार बेलुका सामाजिक सञ्जालमार्फत उक्त कुरा सार्वजनिक गरेकी हुन् ।  अभिभावक हुन लागेको खुशी साट्न उनीहरूले केक पनि काटेका छन् । केकमा ‘कमिङ मे २०२४’ लेखिएको छ । जसअनुसार करिश्माले आगामी मे महिनामा सन्तानलाई जन्म दिने भएकी हुन् ।  योसँगै सलोन र करिश्मालाई फ्यान एवं शुभचिन्तकहरुले बधाई दिइरहेका छन् ।  सलोन र करिश्माले अघिल्लो वर्षको मंसिरमा धुमधामसहित विवाह गरेका थिए ।  लामो समयदेखिको प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गरेका थिए ।