मेलम्चीको पानी वितरणमा आनाकानी नर्गन सरकारलाई मेलम्ची खानेपानी संघर्ष समितिको चेतावनी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०६३ दिन अगाडि
मेलम्चीको पानी वितरणमा आनाकानी नर्गन सरकारलाई मेलम्ची खानेपानी संघर्ष समितिको चेतावनी

काठमाडौं - मेलम्ची खानेपानी संघर्ष समिति काठमाडौं, कोटेश्वरले एक पत्रकार सम्लेनको आयोजना गरि मेलम्चीको पानी छिटो भन्दा छिटो वितरण गर्न सरकारसँग आग्रह गरेको छ ।

काठमाडौं उपत्यकामा खानेपानीको अभाव हुँदा सरकारले विभिन्न बाहाना बनाउँदै पानी ल्याउँन ढिलाइ गरेको भन्दै समितिले दवाव स्वरुप कार्यक्रमको आयोजन गरेको हो ।
संघर्ष समितिले केहिदिनअघि मेलम्ची खानेपानीको सिन्धुपाल्चोक स्थित हेडवक्र्ससम्म पुगेर स्थलगत अध्ययन पश्चात पत्रकार सम्लेनको आयोजना गरेको हो । वर्षा याममा मेलम्चीको हेडवक्र्समा ठूलो क्षती हुन सक्ने आँकलन गर्दै क्षती हुन अगावै बन्द गरेको वितरण सेवा आधा मंसीर वितिसक्दा पनि वितरणको तयारीसम्म नगर्दा संघर्ष समितिले सम्बन्धीत निकायलाई झक्झक्याउन थालेको हो । 

मंसिर ८ गते मेलम्ची खानेपानी आयोजनाको खानेपानी आपूर्तिमा देखिएको व्यवधानको बारेमा यथार्थ जानकारी लिने उद्देश्यले काठमाडौँ महानगरपालिका वडा नं.३२ कोटेश्वर र अन्य उपत्यकावासीको तर्फबाट स्वफूर्त रुपमा प्रतिनिधित्व गर्दै ६ जनाको टोलि हेलम्बु गाउँपालिकाको अम्बास्थान स्थित मेलम्चीको हेडवक्र्स पुगेको थियो । त्यहाँ उक्त टोलि पुगेर स्थलगत निरिक्षणसमेत गरी वर्तमान वास्तविकताको रिपोर्ट समेत बोकेर आएको छ । ६ जनाको समूहका गोविन्दराज पन्तसँगै हरि गौतम, राममणि अधिकारी, रामभक्त थापा, नारायण गिरी, गोगन पराजुली उक्त स्थलमा पुगेर काठमाडौं फर्किएको हो । 

मेलम्ची खानेपानी आयोजना नेपालको राष्ट्रिय गौरबको अयोजना मध्येको एक हो जसका लागि हालसम्म ७० अर्ब रुपैया खर्च भइसको विभिन्न तथ्यांकहरूले देखाएको छ । तर यतिको रकम निरन्तर लगानी भइरहदापनि जनतालाई स्वच्छ खानेपानी आपूर्ति गर्ने जिम्मेवारीबाट सरकार पन्छि रहेको संघर्ष समितिको आरोप छ । गत बर्षमा अस्थायी रुपमा वितरण गरिएको खानेपानी सेवा गत असार देखि बन्द रहेको छ ।

स्थलगत अवलोकनमा मेलम्चीको हेडवक्र्स पूर्णरुपमा सुरक्षित रहेको र त्यसअघि न्यून मात्रामा गेग्रान थुप्रिएकाले सहजै गेग्रान हाटाउन सकिने अवस्था रहेको तथा नहरमा जम्मा भएको हुनसक्ने केहि माटो र बालुवाका कणहरु फल्स गरिएमा सहजै पानी काठमाडौं ल्याउँन सकिने अवस्था रहेको अवलोकनमा सहभागाी संघर्ष समितिका संयोजक गोविन्दराज पन्तले बताए ।

समितिले मेलम्ची खानेपानी विकास समितिलाई समेत ध्यानाकर्षण पत्र बुझाइसकेको पत्रकारसम्मलेन मार्फत जानकारी गराएको छ । यदि मेलम्ची खानेपानी आयोजनामा सरकारले चासो नदेखाए कडा संघर्षसहित आन्दोलनका कार्यक्रमको घोषणा गर्नेसमेत चेतावनी दिएको छ ।

यसैबीच पत्रकार सम्लेनमा पुगेका प्रदेश सांसद् सुनिल केशीले पनि मेलम्चीको पानि याथासिघ्र काठमाडौंबासी माझ पुर्याउनका लागि सहजीकरण गर्ने प्रतिवद्धता जनाए भने संघर्षसमितिका सदस्य हरि गौतमले मेलम्चीको पानी जनतामाझ वितरण गर्न उति कठिन नदेखिए पनि सरकार कानमा तेल हालेर बसेको आरोप लगाए । उनले खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र राय यादवलाई भेटेरै ध्यानकषर्ण गराएको र मन्त्री यादवबाट १ हप्ताभित्र पानी वितरण गरिने आश्वासन आएको पनि जानकारी दिए ।