कुलेश्वरको गोदाममा भएको आगलागी नियन्त्रणमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८८३ दिन अगाडि
कुलेश्वरको गोदाममा भएको आगलागी नियन्त्रणमा

काठमाडौँ - शनिबार काठमाडौँको कुलेश्वरमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं.१४, कुलेश्वरस्थित विभिन्न सामग्री भण्डारण गरी राखिएका तीन वटा गोदामहरूमा आगलागी भएको थियो  । खबर प्राप्त हुनासाथ बिहान करिब साढे ३ बजेदेखि परिचालित नेपाली सेनाको फायर फाइटिङ्ग टोलीले अन्य निकायहरू तथा स्थानीयको सहयोग र वारुणयन्त्रको समेत प्रयोग गरी आगलागी नियन्त्रणमा लिएको हो । आगलागीबाट भएको क्षति विवरण भने आउन बाँकी रहेको छ ।