एमाले युवा नेता पौडेलको नेतृत्वमा जाजरकोट र रुकुम पश्चिममा १,१०० स्वयंसेवक मार्फत ५०० घर टहरा निर्माण

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८८२ दिन अगाडि
एमाले युवा नेता पौडेलको नेतृत्वमा जाजरकोट र रुकुम पश्चिममा १,१०० स्वयंसेवक मार्फत ५०० घर टहरा निर्माण

काठमाडाैं- नेकपा एमालेले युवा नेता किरण पौडेलको नेतृत्वमा जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि करिब १,१०० स्वयंसेवक परिचालन गरि   करिब ५०० वटा घर टहरा निर्माण सम्पन्न गरेको छ । 

यस विषयमा नेता पाैडेलले मिडियामा धेरैले काम गरेकाे गफ दिएपनि मैदानमा आफ्नो टिम रहेको बताए । उनले घर टहरा निर्माण मात्र हैन सामाजिक सेवाको भावलाई नयाँ उचाइबाट प्रेरित गरेकाे पनि बताए । नेता पाैडेलले नेकपा  माओवादीसमेत एमालेबाट प्रेरित भएको र एमालेकै शैली पछ्याइ रहेको बताए । 

उनले भने, 'हामी कुरा कम काम धेरै गर्न प्रेरित गर्दैछौ I हामी आफ्ना लागि आवश्यक खाधान्न,आवास लगायत हरेक बस्तुको प्रवन्ध आँफै गर्छौ स्थानीय जनता र पार्टीलाई भार दिदैनौँ । जनतालाई भार पर्ने केही गर्दैनौँ तर कहिले काँहि बिहान सबेरै क्याम्पमा कोही सागसब्जी लियर आउँनुहुन्छ कसैले घरमा पाकेको एक कचौरा मासु तरकारी बारीको भोगटे आदी लियर आउँनु हुन्छ I स्थानिय बासीको यस्तो स्नेहले हामीलाई प्रेरित गरेको छ र उक्त सहयाेग हामी नकार्न पनि सकिरहेका छैनाैं।'

नेताै पाैडेलले अनुशासन र सुसंस्कार युक्त सेवा एमालेको मुख्य धर्म भएको उल्ले गर्दै सेना प्रहरीले जोखिम मानेका र स्थगित गरेका भग्नावशेश क्लियर गर्ने काम एमाले र युवासंघका स्वय‌ंमसेवकले गरेकाे पनि बताए । उनले १ हजार स्वय‌ंमसेवक  श्रमदानमा र १ सय जना सामान ढुवानी लजिस्टिक म्यानेजमेन्ट, मेस संचालन आदीमा रहेको बताए I

एमालेले २५ जनाको दरले ४० टुकडी निर्माण गरेर पीडितहरुका लागि काम गर्दै आएकाे छ । पश्चिम रुकुममा १५ र जाजरकोटमा २५ समुह कृयाशिल रहेका छन् । 

शुक्रबार सम्ममा ५०० घर टहरा निर्माण, ४०० भग्नावसेश ब्यबस्थापन र ६ वटा आस्थायी बिद्यालय निर्माणको काम सम्पन्न भएको पनि नेता पाैडेलले बताए । याे अभियान अझै एक साता चल्ने पनि नेता पाैडेलले जानकारी दिए । उनले भने 'हामी दावाका साथ भन्न सक्छौँ आस्थायी टहरा मात्र हैन आजसम्मको दौरानमा सर्वाधीक  मजबुत र आकर्शक संरचना पनि हामीले नै बनाएका छौँ I सुत्केरी तथा एकल महिला,अशक्त जेष्ठ नागरिक, बाल बालिका, मृतक परिवार हाम्रो मुख्य प्राथमिकतामा छन् I'

नेता पाैडेलले पीडितहरुका लागि गरिरहेकाे राहत वितरणमा असन्तुष्टि जनाए । उनले सरकारले गरिरहेको विभेद पूर्ण र सुस्त वितरणलाई तत्काल अन्त्य गर्नु् पर्ने माग अघि सारेका छन् । 'प्रकृयागत ढिला सुस्तीका कारण दिनहुँ ज्यान गुमाउने हरुको संख्या बढ्दो छ तत्काल फास्ट ट्र्याक बिधीमार्फत राहत रकम तथा सामाग्री बितरणको लागि माग गर्छौ ,' नेता पाैडेलले भने, 'मृतक परिवार तथा ध्वस्त संरचना निर्माणका लागि कम्तीमा पाँच लाख प्रतीघर उपलब्ध गराउन पनि हामी माग  गर्छौं।'