चलचित्र ‘हिटम्यान’को पोस्टर र टिजर रिलिज

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८८० दिन अगाडि
चलचित्र ‘हिटम्यान’को पोस्टर र टिजर रिलिज

काठमाडाै‌ -नेपाली फिल्मलाई  विश्वव्यापी रिलिज गर्ने उद्देश्य सहित बनाइएको इन्डो नेपाली  फिल्म 'हिटम्यान'को मोशन पोस्टर र टिजर रिलिज गरिएको छ ।

नेपालको काठमाडौं र पोखरा अनि भारत, फ्रान्सको पेरिस तथा दुवैमा खिचिएको छ । आगामी फागुन अर्थात् फेब्रुअरीमा रिलिज गरिने फिल्मको अफिसियल प्रदर्शन मिति केही समयमा सार्वजनिक गरिने फिल्मका निर्माता तथा निर्देशक विष्णु अधिकारीले बताए । फिल्म नेपालीसँगै हिन्दी, तिलुगु, तमिल, कन्नडा, मल्यालम, अरबी र चाईनिज गरी दश भाषामा रिलिज गरिने छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सञ्चारकर्मीहरुमाझ फिल्मको टिजर सार्वजनिक गरिएको हो । टिजरमा मुख्य कलाकार विष्णु अधिकारी देखिएका छन् । टिजरमा आँचलको भने कुनै पनि दृश्य समावेश छैन । पत्रकार सम्मेलनमा उपस्थित आँचलले टिजरमा आफू नदेखिएको बताइन् । फिल्मको ट्रेलरमा भने भारतसँगै नेपाली दृश्य र कलाकार समेत देखिने कलाकार विष्णु अधिकारीले बताए । यो फिल्ममा प्रशान्त ताम्राकार र मिलन सिजापतिको पनि मुख्य भूमिका छ । केही अभिनेत्रीहरूसँग आफूहरूले कुरा गरे पनि अन्तिममा आँचल शर्मा भूमिकामा फिट भएको विष्णुले बताए । फिल्मले नेपालको सुन्दरता प्रस्तुत गर्ने उनको भनाइ छ । आँचलले तेलुगू सिनेमा भएपनि आफूले नेपाली भाषा नै बोलेको बताइन् । तर, आफूले तेलुगू भाषा भने केही सिकेको उनले बताइन् । 99 सिनेमाज र इष्ट एण्ड वेस्ट इन्टरटेनमेन्टकाे ब्यानरमा निर्माण भएको सिनेमामा दीपक अधिकारी निर्माता र सन्नी लावती सह-निर्माताको रुपमा रहेका छन् ।