बेलिङ्घमलाई ‘गोल्डेन ब्वाय’ अवार्ड

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८८० दिन अगाडि
बेलिङ्घमलाई ‘गोल्डेन ब्वाय’ अवार्ड

काठमाडौं - जुड बेलिङ्घमले सन् २०२३ को ‘गोल्डेन ब्वाय’ अवार्ड प्राप्त गरेका छन् । 

रियल मड्रिडका सुपरस्टार बेलिङ्घमले विश्वको सर्वोत्कृष्ट युवा खेलाडीको रुपमा सो अवार्ड हात पारेका हुन् । इङ्ल्याण्डका २१ वर्ष मुनिका अन्तराष्ट्रिय मिडफिल्डरले आफुलाई उत्कृष्ट युवा फुटबलरको रुपमा प्रमाणित गरिसकेका छन् । प्राप्त अवार्डले त्यसलाई थप प्रमाणित गरेको छ । २० वर्षका प्लेमेकर बोरुसिया डर्टमण्ड र रियल मड्रिडबाट युरोपेली क्लब फुटबलमा उदाएका छन् । बेलिङ्घमले वाइन रोनी, लियोनल मेस्सी, पाउल पोग्बा, केलियन एमबाप्पे र एर्लिङ हालाण्डको पदचाप पछ्याउँदै यो अवार्ड प्राप्त गरेका हुन् । बेलिङ्घमले यस सिजन रियल मड्रिडका लागि १७ खेलमा १५ गोल गरेका छन् । उनले क्रिस्टियानो रोनाल्डोको कीर्तिमानलाई तोडेका छन् ।

 ‘म सबैप्रति आभारी छु । जसले यो यात्रामा मलाई यहाँसम्म पुग्न सहयोग गरेका छन् । मेरो टिम र देशलाई संसारको सर्वश्रेष्ठ टिम बनाउन चाहन्छु । संसारको सर्वश्रेष्ठ खेलाडी बन्नका लागि आफ्नो टिमलाई जिताउन मदत गर्नुपर्छ । यस सूचिमा पर्नु सबैभन्दा ठुला सम्मान हो ।’ अवार्डपछि उनले भनेका छन् । ‘आफ्नो जिवमा अहिलेसम्म फुटबलले मलाई जे दिएको छ । त्यसका लागि आभारी छु । र खेल्दै गर्न र यसको आनन्द लिनका लागि मेरो परिवारको ठुलो समर्थन प्राप्त छ ।’ बेलिङ्घमले थपे