प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिकी विशेष सहायकबीच भेटवार्ता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८७८ दिन अगाडि
प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिकी विशेष सहायकबीच भेटवार्ता

 काठमाडाै‌ -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष सहायक इलिन लाउबाचरबीच भेटवार्ता भएको छ ।

दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशकसमेत रहेकी लाउबाचरले बिहीवार बालुवाटार गएर प्रधानमन्त्री प्रचण्डलाई भेटेकी हुन् । भेटवार्तामा नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप बलियो बनाउनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साथै दुई देशबीच द्विपक्षीय सहकार्य थप बढाउने विषयमा पनि छलफल भएको जनाइएको छ । 

लाउबाचर बुधवार नेपाल आएकी हुन् । उनले बुधवार नै परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीसँग भेटवार्ता गरेकी थिइन् ।