काठमाडौं -मैदान पूरै भावविह्वल थियो ।
कुनै ठूलो दुर्घटनामा आफ्नो सबैभन्दा नजिकको साथी गुमाएजस्तै । कप र अन्य चिजहरू छरपस्ट थिए, प्यारापिटमा प्लास्टिकका कुर्सीहरू च्यातिएका थिए, अनौठो रूपमा त्यहाँ शौचालय सिट पनि थिए । खेलको अन्तिम सीटी बजाएको आधा घण्टा भइसकेको थियो । मैदान सयौँ वस्तुहरूले भरिएको थियो । ती सबै गहिरो चोट र क्रोधका सूचक थिए ।
यो दृश्य हो, साओ पाउलोस्थित ब्राजिलियन क्लब सान्तोस एफसीको घरेलु मैदान स्टाडियो उर्बानो काल्डेरिया (बेल्मिरो रंगशाला)को । त्यस समयसम्म धेरै समर्थकले मैदान छोडिसकेका थिए । त्यसमध्ये कोही घर लागे, कोही प्रहरीसँग झगडा गर्नतर्फ । सडक जलिरहेको कार र अश्रुग्यासको धुवाँले भरिएको थियो । मैदानमा रहेकाहरू भने एकै नारा लगाइरहेका थिए । ‘टाइम सेम भर्गोन्हा’ उनीहरूको नारा यो थियो, अर्थात ‘लाज नभएको टिम ।’