एसिया कप खेलेर यू-१९ क्रिकेट टिम आज नेपाल फर्किंदै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८७२ दिन अगाडि
एसिया कप खेलेर यू-१९ क्रिकेट टिम आज नेपाल फर्किंदै

काठमाडौं - यू-१९ एसिया कप खेल्न यूएई गएको नेपाली टिम बुधबार स्वदेश फर्किँदैछ ।

नेपाली टिम राति ९ बजे नेपाल आइपुग्ने तालिका रहेको छ । नेपालले यु-१९ एसिया कपको समूह ए मा टेष्ट मान्यता प्राप्त भारत, पाकिस्तान र अफगानस्तानसँग खेलेको थियो । जसमा तीनवटै खेलमा हार ब्योहोर्दै नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट, दोस्रो खेलमा अफगानस्तानसँग ७३ रन र अन्तिम खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो ।